अमेरिकी सर्वोच्चमा पहिलोपटक अश्वेत महिला न्यायाधीश नियुक्त « Khabarhub

अमेरिकी सर्वोच्चमा पहिलोपटक अश्वेत महिला न्यायाधीश नियुक्त


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केटान्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी छिन् ।

अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको प्रस्ताव पारित गरेसँगै उनी अमेरिकी इतिहासमै सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी हुन् ।

उनलाई न्यायाधीश बनाउने प्रस्तावमा भएको ऐतिहासिक मतदानमा ५३ सिनेटरले उनको पक्षमा तथा ४७ सिनेटरले उनको विपक्षमा मतदान गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकांश रिपब्लिकन सिनेटरले उनको विपक्षमा मतदान गरेपनि मेइन राज्यको प्रतिनिधित्व गर्ने सिनेटर सुजन कोलिन्स, अलास्का राज्यकी रिपब्लिकन सिनेटर लिसा मुर्कोवोस्की र उटा राज्यका सिनेटर मिट रोम्नीले उनको पक्षमा मत दिएको न्यू योर्क टाइम्सले जनाएको छ ।

यससँगै ५१ वर्षीया ज्याक्सन सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला मात्रै नभएर समग्रमा तेश्रो अश्वेत अमेरिकी बन्न पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : २९ बजे

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।

तीन हजार ९ सय ३ सवारीसाधन कारबाहीमा

कञ्चनपुर– ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

एनपीएल तेस्रो संस्करणमा डेबिल मलानले बनाए पहिलो अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चितवन राइनोजका

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति बने

बेइजिङ – बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा

किसानको गुनासो- खेतमा धान पाकिसक्यो, मौसम बिग्रने हल्लाले काट्ने की नकाट्ने दुबिधामा छौँ

बागमती–  हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई