अमेरिकी सर्वोच्चमा पहिलोपटक अश्वेत महिला न्यायाधीश नियुक्त « Khabarhub

अमेरिकी सर्वोच्चमा पहिलोपटक अश्वेत महिला न्यायाधीश नियुक्त


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केटान्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी छिन् ।

अमेरिकाको माथिल्लो सदन सिनेटले उनलाई सर्वोच्च अदालतमा नियुक्त गर्ने राष्ट्रपति जो बाइडेनको प्रस्ताव पारित गरेसँगै उनी अमेरिकी इतिहासमै सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी हुन् ।

उनलाई न्यायाधीश बनाउने प्रस्तावमा भएको ऐतिहासिक मतदानमा ५३ सिनेटरले उनको पक्षमा तथा ४७ सिनेटरले उनको विपक्षमा मतदान गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकांश रिपब्लिकन सिनेटरले उनको विपक्षमा मतदान गरेपनि मेइन राज्यको प्रतिनिधित्व गर्ने सिनेटर सुजन कोलिन्स, अलास्का राज्यकी रिपब्लिकन सिनेटर लिसा मुर्कोवोस्की र उटा राज्यका सिनेटर मिट रोम्नीले उनको पक्षमा मत दिएको न्यू योर्क टाइम्सले जनाएको छ ।

यससँगै ५१ वर्षीया ज्याक्सन सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला मात्रै नभएर समग्रमा तेश्रो अश्वेत अमेरिकी बन्न पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : २९ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा