पाइलट विवेक खड्का छायांकनको लागि मुम्बईमा « Khabarhub

पाइलट विवेक खड्का छायांकनको लागि मुम्बईमा


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ को अन्तिम सेड्युलको छायांकन अहिले भारतमा भइरहेको छ ।

नेपालका पर्यटकीय थलोमा सुटिङ भएको फिल्मले नेपालको पर्यटनमा टेवा पुर्‍याउने विश्वास छ ।

बोमन इरानी, अनुपम खेर र परिणिती चोपडा छायांकन का लागि नेपालमा दुई साता रहेता पनि फिल्मका अर्का लिड कलाकार अमिताभ बच्चन भने नेपाल आएनन् ।

स्वास्थ्यको कारण देखाउंदै अमिताभलाई उनका डाक्टरले हिमाली भेगमा छायांकन गर्न दिएनन् । फलत: उनको बडी डबल गरियो । तर , यतिबेला बाँकी छायांकन अमिताभले मुम्बईस्थित एक स्टुडियोमा गरिरहेका छन् ।

फिल्मको एक दृश्यमा अमिताभ सहितको टिमलाई हिमाली भेगमा उडान गर्ने पाइलट विवेक खड्कालाई छायांकनको लागि मुम्बई बोलाइएको छ । उनले अमिताभसँग निर्माण कम्पनी राजश्री फिल्म्सको स्टुडियोमा पुगेर मुम्बईमै सुटिङ गरेका छन् । उनको दुई दिन त्यहाँ छायांकन भएको र पाइलटकै भूमिका फिल्ममा रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : २४ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन