नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध जोडिएको ५० वर्ष पूरा « Khabarhub

नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध जोडिएको ५० वर्ष पूरा


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ ।

यस अवसरमा दुई देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई सन्दै पठाउँदै बधाई दिएकी छन् ।

राष्ट्रपतिले सन्देशमा पाँच दशकअघि बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल रहेको स्मरण गर्दै व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षाका क्षेत्रमा बढ्दै गएको सहयोगप्रति सन्तुष्टी व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएका छन् ।

बंगलादेशका प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा खुसी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई अगाडि बढाउँदै पारस्परिक हितका नयाँ र प्रशस्त सम्भावनाहरू खुलेको जनाएका छन् ।

नेपाल र बंगलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा सार्क, बिमस्टेक र बीबीआईएन जस्ता क्षेत्रीय मञ्चहरू र संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्यका गरिरहेको पनि उनले बताएका छन् ।

यस्तै, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बधाई सन्देशमा दुई देशबीच बढ्दो व्यापार र आर्थिक सम्बन्धप्रति सन्तोष व्यक्त गरेका छन् ।

बंगलादेशका राष्ट्रपतिले दुई देशबीच निकै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै सन् २०१९ मा गरेको नेपाल भ्रमणको स्मरण गरेका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो बधाई सन्देशमा नेपालले बंगलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा सुरुमै मान्यता दिएको स्मरण गरेकी छन् । उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

नेपाल र बंगलादेशले ८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ५ : ०४ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन