न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे « Khabarhub

न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउँछुः नवनिर्वाचित अध्यक्ष घिमिरे


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एशोसिएशनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार अध्यक्षमा विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले भ्रष्टाचारमुक्त स्वच्छ न्यायालय बनाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले आफ्नो कार्यकाल बार र न्यायालय सुधारका लागि केन्द्रित हुने पनि बताए ।

वरिष्ठ अधिवक्ता घिमिरे सत्ता गठबन्धन दलहरूनिकट कानुन व्यवसायीको संयुक्त प्यानलबाट विजयी भएका हुन् ।
घिमिरेले करिब दुई हजार मतान्तरसहित बारको अध्यक्षमा निर्वाचित भएका छन् ।

घिमिरेले ४४७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले २४८२ मत प्राप्त गरे ।
त्यस्तै, महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन् ।

उनका निकटतम् प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।

बारको चैत १९ गते काठमाडौँसहित देशभर ३५ स्थानबाट मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरू गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता थिए । त्यसमध्ये सात हजार ४२९ मत खसेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ६ : ०५ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन