काठमाडौँ– एसियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरू घोषणा गरेको छ। एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१/२२ संस्करणले नेपालका आशालाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाइएको बताएको छ ।
नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग गर्न र केही प्रतिष्ठित लाइभ परियोजनाहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्न एउटा मञ्च प्रदान गर्दै आएको छ ।
उक्त प्रतियोगिताको ७ औँ संस्करणमा विभिन्न आर्किटेक्चरल कलेजहरू एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौँ इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३१ जना विद्यार्थीको सहभागिता जनाएका थिए ।
२०२१–२२ को आयोजना गोरखा, पालुङटार नगरपालिकामा रहेको प्रख्यात लिलिगकोट संग्राहलयको डिजाइन गर्ने रहेको थियो र ३० भन्दा बढी सहभागीहरूबाट गत बुधबार शीर्ष ५ विजेताको घोषणा गरेको थियो ।
प्रतियोगिताको विजेता आई ओर्ईपुल्चोक क्याम्पसकी रोजिता अवाले भएकी छिन् । उनले एसियन पेन्ट्सबाट ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।
फर्स्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशार भएका छन्। त्यस्तै उनले एसियन पेन्ट्सबाट नगद ४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सेकेन्ड रनर अप काठमाडौँ इन्जिनियरिङ कलेजका अनिल कुँवरले एसियन पेन्ट्सबाट नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
त्यसैगरी दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौँ इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले एसियन पेन्ट्सबाट जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
विजेताहरूलाई निर्णयाकहरूको प्यानलद्वारा छनोट गरिएको थियो ।
प्रतिक्रिया