दक्षिणकाली नगरपालिकामा केबलकार चल्ने « Khabarhub

दक्षिणकाली नगरपालिकामा केबलकार चल्ने


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नम्बर १ को चाल्नाखेल वोसनमा केबलकार सञ्चालनमा आउने भएको छ ।

 चम्पादेवीको फ्रेण्डली कम्पनी प्रा.लि.ले यो केबलकार सञ्चालन गर्ने भएको हो ।

कम्पनीले पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी गराएको छ । कम्पनीका  सञ्चालक कमलेशकुमार अग्रवालले केबलकार सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रकृया सुरु हुने जानकारी दिए ।

कम्पनीका अनुसार चम्पादेवीमाताको मन्दिरमा रहेको डाँडासहित करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ ।

उक्त केबलकार प्रोजेक्ट निर्माण गर्नका लागि ५०० देखि ६०० करोड अनुमानित खर्च हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : १७ बजे

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।