खाली खुट्टा मेची महाकाली पैदल यात्रामा खगेन्द्र राउत « Khabarhub

खाली खुट्टा मेची महाकाली पैदल यात्रामा खगेन्द्र राउत


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत खाली खुट्टामा मेची–महाकाली पैदलयात्रामा छन् ।

विश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत २३ फागुनदेखि खाली खुट्टा मेची महाकाली यात्रामा निस्किएका हुन् ।

लामो जटा पालेर गेरु वस्त्र पहिरिएका राउत नेपालको झण्डा हातमा बोकेर खाली खुट्टा यात्रामा निस्किएका हुन् । शुक्रबारसम्म खाली खुट्टा २२ जिल्लाको यात्रा पूरा गरेको उनले बताए ।

सिद्धबाबाको रूपमा चिनिने राउत खोटाङबाट उदयपुर, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके हुँदै बर्दिया पुगेका छन् ।

सात वर्षदेखि अन्न नखाएका राउत जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सावाखोला किनारमा रहेको तीर्थस्थल भानुमतीमा ६ मंसिरदेखि ११ दिने ध्यानमा बसेका थिए । त्यसअघि उनी पाथीभरामा ४ दिन, हलेसीमा ३ दिन ३ रात र बराहपोखरीमा १८ घण्टा ध्यानमा बसेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : १९ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन