खाली खुट्टा मेची महाकाली पैदल यात्रामा खगेन्द्र राउत « Khabarhub

खाली खुट्टा मेची महाकाली पैदल यात्रामा खगेन्द्र राउत


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका खगेन्द्र राउत खाली खुट्टामा मेची–महाकाली पैदलयात्रामा छन् ।

विश्व शान्तिको कामना गर्दै ४४ वर्षीय राउत २३ फागुनदेखि खाली खुट्टा मेची महाकाली यात्रामा निस्किएका हुन् ।

लामो जटा पालेर गेरु वस्त्र पहिरिएका राउत नेपालको झण्डा हातमा बोकेर खाली खुट्टा यात्रामा निस्किएका हुन् । शुक्रबारसम्म खाली खुट्टा २२ जिल्लाको यात्रा पूरा गरेको उनले बताए ।

सिद्धबाबाको रूपमा चिनिने राउत खोटाङबाट उदयपुर, सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, पर्सा, रौतहट, मकवानपुर, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके हुँदै बर्दिया पुगेका छन् ।

सात वर्षदेखि अन्न नखाएका राउत जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सावाखोला किनारमा रहेको तीर्थस्थल भानुमतीमा ६ मंसिरदेखि ११ दिने ध्यानमा बसेका थिए । त्यसअघि उनी पाथीभरामा ४ दिन, हलेसीमा ३ दिन ३ रात र बराहपोखरीमा १८ घण्टा ध्यानमा बसेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : १९ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर