‘एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ’ : एमाले महासचिव पोखरेल « Khabarhub

‘एमालेले विकास र समृद्धिको नेतृत्व गरेको छ’ : एमाले महासचिव पोखरेल


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमालेले विकास र समृद्धिको नेतृत्व गरेको बताएका छन् ।

नेकपा एमाले सञ्चार इलाकाले आज गरेको कार्यक्रममा उनले एमाले नेतृत्वको सरकारले विगतमा धेरै कामको सुरुआत गरेको बताएका हुन् ।

प्रधानमन्त्रीका रूपमा रहँदा केपीशर्मा ओलीले नागरिकलाई सपना देखाएका र ती सपना साकार बनाउन काम थालेको उनको भनाइ थियो ।

उनले भने “हिजो शिलान्यास भएका योजनाको अहिले उद्घाटन भइरहेको छ ।” नेकपा (एमाले) प्रति सबै उमेर, क्षेत्र र वर्गको आकर्षण बढिरहेको महासचिव पोखरेलले बताए ।

पहिलो पटक निर्वाचनमा सहभागी हुन लागेका धेरै एमाले र केपी ओलीप्रति आकर्षित भएको उनको भनाइ छ । नेकपा (एमाले) बाट नेकपा (एकीकृत समाजवादी) छुटिएर जाँदा पार्टीलाई कुनै नोक्सानी नभएको भन्दै उनले सो पार्टीमा गए जति पूर्वमाओवादीबाट आएकाले समग्रमा पार्टीमा घाटा नभएको उनले बताए ।

नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टीमा अहिले कुनै पनि विवाद नभएकाले अघिल्लो निर्वाचनभन्दा बढी सिट जित्ने गरी लागिएको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : ३९ बजे

भियतनाम निर्वाचन : गैरकम्युनिस्ट पार्टीका १८ सांसद निर्वाचित

हनोई – भियतनामको ५०० सदस्यीय संसदमा गैर–कम्युनिस्ट पार्टीका १८ सदस्यहरू

पातिहाल्नेमा हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ – भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा

आजका समाचार : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, मनाइयो इद, मौसममा सुधार हुँदै र अमेरिकाले इरानमाथिको दबाब घटाउने

पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थाननेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर