खोटाङको बुइपामा ३० टन क्षमताको कोल्ड स्टोर निर्माण « Khabarhub

खोटाङको बुइपामा ३० टन क्षमताको कोल्ड स्टोर निर्माण


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा कोल्ड स्टोर (चिस्यान केन्द्र) निर्माण गरिएको छ ।

संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा ३० टन भार क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।

९० लाखको खर्चमा निर्माण गरिएको चिस्यान केन्द्र शुक्रबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् । किसानले उत्पादन गरेका हरियो तरकारी, आलुको बीउ, फलफूल लगायतका कृषि उपज भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गरिएको हो ।

चिस्यान केन्द्रमा जिल्लामा उत्पादित कृषि सामग्रीलाई व्यवस्थित तरिकाले लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिने नगरपालिकाले जनाएको छ ।

चिस्यान केन्द्र उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य पाँचकर्ण राई, नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख बिणुदेवी राईलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : २९ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल