नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित « Khabarhub

नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयको निर्देशनसम्बन्धी सूचना चुहाएकोलगायत आरोप गभर्नर अधिकारीमाथि लगाइएको हो ।

अधिकारीलाई शुक्रबार निलम्बन पत्र दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको एक मन्त्रीले जनाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले अधिकारी निलम्बनमा परेको पुष्टि गरेका छन् ।

यसैबीच, अधिकारीमाथि छानविन गर्न पूर्वन्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनाइएको छ । समितिलाई छानबिन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरी निलम ढुंगानालाई डेपुटी गभर्नरको जिम्मेवारी दिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ८ : ३५ बजे

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम