सुदूरपश्चिम सरकार पुनर्गठन, नेपाली कांग्रेस पनि सहभागी « Khabarhub

सुदूरपश्चिम सरकार पुनर्गठन, नेपाली कांग्रेस पनि सहभागी


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम सरकार पुनर्गठन गरिएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीले नेतृत्व गर्दै आएको प्रदेश सरकारमा कांग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्द बोहोरालाई सामाजिक विकासमन्त्री र टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

त्यसैगरी, आर्थिक मामिलामन्त्रीमा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल नियुक्त भएका छन् ।

एकीकृत समाजवादीको तर्फबाट मन्त्री रहेका आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आर्थिक मामिलामन्त्री तारा लामालाई फिर्ता प्रदेश सरकारले फिर्ता बोलाएको छ ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट चुनकुुमारी चौधरी फिर्ता भएकी छन् । एकीकृत समाजवादीकै कुलवीर चौधरी नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीबाट माया तामाड बोहरा फिर्ता भएकी छन् भने अमर साउद नियुक्त भएका छन् ।

सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाइएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।

उनीहरूले आजै सपथ लिएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ९ : ४३ बजे

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका