एन.सी.सी. बैंक र दराजबीच ग्राहकलाई छुटसम्बन्धी सम्झौता | Khabarhub Khabarhub

एन.सी.सी. बैंक र दराजबीच ग्राहकलाई छुटसम्बन्धी सम्झौता


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी. बैंक) र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

याे सम्झौता पत्रमा बैंककाे तर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजकाे तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकको कार्ड प्रयोगकर्ताहरूले नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको ‘नववर्ष २०७९’ अभियान चैत्र २८ को दिनदेखि सीमित समयका लागि डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा १,००० रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १,५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यो छुट प्राप्त गर्न ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्नेछ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डका लागि आजै आवेदन दिन अनुरोध पनि गरिएको छ । यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरूलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको बै‌कले जनाएको छ ।

देशभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ०९ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको