आईपीएल : राजस्थान र लखनउको जित « Khabarhub

आईपीएल : राजस्थान र लखनउको जित


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन्।

शनिबार भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सकलाई ६ विकेटले हराउँदै राजस्थानले जित हात पारेको हो। मुम्बईको वान्खेडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो। १ सय ९० रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले २ बल बाँकी छँदै ४ विकेट गुमाएर जित हात पारेको हो।

शनिबार नै भएको अर्को खेलमा लखनउले कोलकोत्ता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै जित हात पारेको छ। टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको लखनउले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो।

१ सय ७७ रनको लक्ष्यसहित मैदान उत्रेको कोलकोत्ता १४ दशमलव ३ बल खेल्दै १ सय १ रनमै अलआउट भयो। जितसँगै लखनउ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ। कोलकोत्ता आठौं स्थानमा रहेको छ।

आईपीएल अन्तर्गत आइतबार दुई खेल हुनेछन्। आजको पहिलो खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गरोल तथा दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ०२ बजे

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला