९ महिनामा भित्रियो साढे ३ अर्बको राउटर « Khabarhub

९ महिनामा भित्रियो साढे ३ अर्बको राउटर


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे तीन अर्बको राउटर भित्रिएको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको १० लाख ३२ हजार २७४ थान राउटर नेपाल भित्रिएको विभागले जनाएको छ । 

अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, दक्षिण कोरिया, लाट्भीया, लिथुवानिया, मलेसिया, कतार, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट् (युएई), बेलायत, अमेरिका र भियतनामबाट राउटरहरु नेपाल आउने गरेको छ । 

नेपालमा सबैभन्दा ठूलो मात्रामा राउटर चीनबाट आउने गरेको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो नौ महिनामा चीनबाट मात्र ३ अर्ब ३२ करोड २० लाख ९८ हजार रुपैयाँको १० लाख २ हजार ७०५ थान राउटर नेपाल आएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट नेपालले २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको ८ लाख ५ हजार २८० थान राउटर आयात गरेको थियो । 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३२ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर