नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल : गोल्डेनगेट र जेभियर फाइनलमा « Khabarhub

नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल : गोल्डेनगेट र जेभियर फाइनलमा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको खेलमा गोल्डेनगेटले नाथमलाई ६१-५३ ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले क्रमशः १७-५, १६-११ र २०-१३ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर नाथमले २१-८ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पुगेन ।

अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंक सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०-२७ ले हरायो । चौथो क्वाटर १०-१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रह्यो । जेभियरले पहिलोमा १०-६, दोश्रोमा २१-८ र तेश्रोमा ९-३ को प्रदर्शन गर्‍यो ।

महिलातर्फ नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्राे हुँदै फाइनल पुगेका हुन् । फाइनल सोमबार हुनेछ ।

ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । गर्ल्समा पहिलो हुनेले ३० हजार र दोस्राेले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ३९ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग