एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट « Khabarhub

एसियाड र विश्व पौडीका लागि खेलाडी छनोट


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पौडी संघले चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुद र हंगेरीको बुढापेस्टमा हुने १९ औँ फिना विश्व पौडी च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा वैशाख २२ र २३ गते भएको २४ औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

अध्यक्ष वज्राचार्यका अनुसार एसियाडका लागि ९–९ पुरुष/महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष/महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ ।

एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा रहेका छन् । महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ छन् । यी १६ खेलाडी २४ औं खुला पौडी प्रतियोगिताबाट छनोट भएका हुन् ।

ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको छ । दुवैले टोकिया ओलम्पिक– २०२० मा प्रतिस्पर्धा गरेका थिए ।
विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट भएका छन् । सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको जनाइएको छ । विश्व च्याम्पियनसिप जुनमा हुँदैछ । एसियाड भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : १८ बजे

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी– पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

पर्यटकको रोजाइमा सुनसरीको रास ताल

सुनसरी– सुनसरीमा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर