कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु « Khabarhub

कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा चितवनमा एक जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारलाई सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकलले मङ्गलबार साँझ ६ : ४५ बजे ओभरटेक गर्ने क्रममा कारको पछाडिपट्टिको साइडलाइटमा ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको तेलट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २३ वर्षीय सन्तोष चेपाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर, ट्याङ्कर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । शवलाई परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ०१ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय