विङ्गर दुर्घटना हुँदा वृद्धाको मृत्यु,१० जना घाइते | Khabarhub Khabarhub

विङ्गर दुर्घटना हुँदा वृद्धाको मृत्यु,१० जना घाइते


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको रूपनी गाउँपालिका–५ को मुसहरनियाँ बसविट्टीमा विङ्गर दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा परी विङ्गरमा सवार १० जना घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार प्र ३–००१ ज ०२७७ नम्बरको उक्त विङ्गर राजविराज–रुपनी सडक खण्डमा राजविराजतर्फ जाँदै थियो । विङ्गर दुर्घटना हुँदा जिल्लाकै रुपनी गाउँपालिका–१ नकटीरायपुर घर भएकी ६८ वर्षीया यादव गम्भीर घाइते भएकी थिइन् । उपचारको क्रममा उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको प्रवक्ता काफ्लेले बताए ।

दुर्घटनामा परी घाइते भएकाहरूमा रुपनी–२ कि ३० वर्षीया निर्मलादेवी मण्डल, ३ कि ३२ वर्षीया गौरी मण्डल, सोही वडाका ३४ वर्षीय रामाकुमार साह घाइते भएका छन् ।

जिल्लाकै शम्भुनाथ नगरपालिका–६ कठौनाका ४५ वर्षीया बिलेवतीदेवी साह, वडा नम्बर–११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका–१ कि ३३ वर्षीया लीलादेवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा पनि दुर्घटनामा घाइते भए ।

प्रहरी प्रवक्ता काफ्लेका अनुसार दुर्घटनामा सिराहाको कर्जनहा नगरपालिका–८ का ३६ वर्षीय ओमनारायण पासवान, ३१ वर्षीया पत्नी इन्द्रदेवी पासवान र उनका सात वर्षीय छोरा आनन्द पासवान सोही दुर्घटनामा परी घाइते भएका छन् । घाइतेहरूको पनि गजेन्द्रनारायण सिंह अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ८ : ०१ बजे

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात

‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न !

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ भदौ ६ बाट प्रदर्शनमा

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको

यु–१७ महिला फुटबल टोली आज भुटान जाँदै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोली

दुई दिने नेपाल भ्रमण सकेर आज भारत फर्किंदै सचिव मिस्री

काठमाडौं – दुई दिने नेपाल भ्रमणमा आएका भारतका विदेशसचिव विक्रम