महोत्तरीमा एक वर्षमा १९ बलात्कारका घटना घटे « Khabarhub

महोत्तरीमा एक वर्षमा १९ बलात्कारका घटना घटे


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – १७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् ।

अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने । पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गर्‍यो ।

१६ जेठको बिहान छ वर्षीया बालिका आफ्नै घर अगाडि खेलिरहेकी थिइन् । खेल्दाखेल्दै उनी हराइन् । हराएकी उनलाई सहगोत्रभित्रका दाइ पर्ने दुई दाजुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी परेको छ ।

जाहेरीका आधारमा प्रहरीले आरोपी दुवैलाई पक्राउ परेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेर प्रहरीले बलात्कार (जबरजस्ती करणी)सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।

महोत्तरीमा गत हप्ता घटेका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । बलात्कारका घटनाहरू महोत्तरीमा दिन–प्रतिदिन बढिरहेको तथ्याङ्कले देखाएको छ । बलात्कार घटनाको सिकार हुनेमध्ये धेरै बालिका र अपाङ्गता भएकी महिला छन् ।

जिल्ला प्रहरी उपरीक्षक (एसपी) प्रकाश विष्टका अनुसार महोत्तरीमा २०७८ सालमा बलात्कार घटनाका १९ वटा उजुरी परेका छन् ।

उजुरीका आधारमा अधिकांश घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । अनुसन्धान गरेर बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ ।  तर, दायर मुद्दाहरूको टुङ्गो अदालतबाट हुन बाँकी छ ।

एसपी विष्टले १९ वटा बलात्कारका घटनामा संलग्नमध्ये पक्राउ परेर धेरै पुर्पक्षका लागि थुनामा रहँदा केही भने फरार नै छन् । कतिपय भने अझै फरार छन् ।

रोचक त के छ भने बलात्कार जस्तो गम्भीर प्रकृतिका आपराधिक घटनामासमेत पीडित पक्षलाई दबाब दिएर जनप्रतिनिधिहरूकै रोहबरमा कतिपय घटना मिलाइएका छन्।

जबकि, बलात्कार मिलापत्र गर्न नमिल्ने घटना हो । यद्यपि, कानुनलाई चुनौती दिँदै केही जनप्रतिनिधि नै संलग्न भएर बलात्कारका घटनामा मिलापत्र गरेको घटना जिल्लामा बेलाबेला हुने गरेको छ ।

यस्तो छ, महोत्तरीमा बलात्कार घटनाको ग्राफ

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७५ देखि यता जिल्लामा ९३ वटा बलात्कारका घटना भए ।

आर्थिक वर्ष २०७५/०७६ मा ३० वटा, २०७६/०७७ मा १६ वटा, २०७७/०७८ मा ४४ वटा बलात्कार घटनासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ २४ गतेसम्म १९ वटा घटना भएको एसपी विष्टले बताए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ८ : ४९ बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको