नेकपा प्रवक्ता प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई « Khabarhub

नेकपा प्रवक्ता प्रकाण्डले भेटे गृहमन्त्री खाणलाई


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड)ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान गृह मन्त्रालयमा भएको भेटवार्तामा प्रकाण्डले विभिन्न अभियोगमा पक्राउ परेर थुनामा राखिएका आफ्ना पार्टीका नेता–कार्यकर्ताको मुद्दा फिर्ता लिएर उनीहरुलाई रिहाइ गर्न गृहमन्त्रीसँग माग गरेका छन्।

त्यसक्रममा गृहमन्त्री खाणले नेकपासँग अघिल्ली सरकारले गरेको सहमतिअनुसार सरकारले काम गरिरहेको जानकारी दिएका छन् । थुनामा रहेका नेकपाका नेता कार्यकर्ताको कानुन अनुरुप मुद्दा फिर्तासँगै उनीहरुलाई रिहाइको लागि महान्यायाधिवक्ताको कार्यालयमार्फत प्रक्रिया सुरु गरिएको जवाफ गृहमन्त्रीले दिएका स्रोतले बताएको छ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ११ : २३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित