असफलताको बाटोमा अक्षय  « Khabarhub

असफलताको बाटोमा अक्षय 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१२ पश्चात बलिउड अभिनेता अक्षय कुमार समय ठीकठाक भयो । राउडी  राठोर, ओह माइ गड लगायतका फिल्मले उनको दर्शक बढायो । त्यसपछि आएका फिल्महरु खिलाडी ७८६, स्पेसल २६, बोस, बेबी लगायतका फिल्महरुले उनलाई सय करोड क्लबको हिरोमा लगातार स्थिर बनायो । यद्यपि कोरोना भाइरसको महामारी पश्चात उनको यो स्थिरता कायम छैन । सूर्यवंशीलाई भुल्ने हो भने उनका फिल्मलाई नत समीक्षकले रुचाएका छन् नत बक्स अफिसमै कमाल गर्न सकेको छ । 

अतरंगी रेलाई समीक्षकले केही राहत दिएता पनि त्यसबाहेकका फिल्मले उनको दर्शक घटाईरहेको छ । लक्ष्मी बम्ब, बच्चन पाण्डे, बेल बटम झैँ उनको पछिल्लो फिल्म  ‘सम्राट पृथ्वीराज’ पनि असफल रह्यो । अक्षयलाई लिएर फिल्म बनाउँदा फाइदा हुनेछ भन्ने निर्माताहरूको उनको पारिश्रमिककै कारण अप्ठ्यारोमा पर्न थालेका छन् । लगातार फिल्म असफल हुँदा अक्षयको पारिश्रमिक खस्किने डर बढ्दो छ । एकै फिल्मको लागि एक सय करोड बढीको पारिश्रमिक लिने गरेका अक्षय लगातार फिल्म असफल हुँदा चिन्तित रहेको भारतीय मिडियामा उल्लेख छ । 

यस अगाडिको फिल्म ‘बच्चन पाण्डे’ लाई द कश्मीर फाइल्सको कारण असफल भएको बताउने अक्षयले यसपटक बहाना पाएका छैनन् । दुई सय करोडको हाराहारीमा बनेको फिल्म ‘सम्राट पृथ्वीराज’ को कलेक्सन एक सय करोड पुग्नेमा समेत ट्रेड एनालिस्टहरु विश्वस्त छैनन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी