रुसद्वारा ऊर्जामन्त्री र अर्थमन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्धको घोषणा « Khabarhub

रुसद्वारा ऊर्जामन्त्री र अर्थमन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्धको घोषणा


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसले अमेरिकी ऊर्जामन्त्री र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ ।

ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१ अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।

रूसी राजनीतिक एवम् अन्य अधिकारीका साथै व्यापार प्रतिनिधिहरूविरुद्ध अमेरिकी प्रतिबन्धको बदलामा अमेरिकी नागरिकहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो ।

विदेश मन्त्रालयले अग्रणी सैन्य–औद्योगिक निगमहरू, रेटिङ एजेन्सी, विमान र जहाज निर्माण कम्पनीका प्रमुखलगायत अमेरिकी नागरिकलाई प्रतिबन्धको सूचीमा समावेश गरेको जनाइएको छ ।

साथै रूसी साइबर हमला बारे दुर्भावनापूर्ण झूठा समाचार फैलाउनमा संलग्न अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूलाई पनि सूचीमा संलग्न गरिको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

बुचालगायत युक्रेनका विभिन्न क्षेत्रमा रुसले गरेको भनिएको युद्ध अपराधको विरोधमा अमेरिकासहित औद्योगिक राष्ट्रहरूको समूह (जी सेभेन) र युरोपेली सङ्घ (ईयू) ले रुसमाथि गम्भीर आर्थिक प्रतिबन्ध लगाएको छ ।

युक्रेनमा गरेको कारबाहीमा रूसलाई जवाफदेही बनाउनका लागि अमेरिकाले मस्कोमाथि नयाँ लगानी प्रतिबन्धको पनि घोषणा गरेको छ ।

अमेरिकी प्रतिबन्धमा रूसको सबैभन्दा ठूलो सरकारी र निजी बैंक, वित्तीय संस्था, राज्य–स्वामित्वका उद्यम र सरकारी अधिकारी तिनका परिवारका सदस्यलगायत परेका छन् । अमेरिकामा रूसीहरूको सम्पत्ति रोक्का र आर्थिक कारोबार पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ५ : ५१ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित