यसकारण फिट छिन् ऐश्वर्या « Khabarhub

यसकारण फिट छिन् ऐश्वर्या


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्रीहरू आफ्नो सुन्दरता प्रति निकै सजग छन् । आफ्नो खानपान देखि फिटनेसका लागि आवश्यक हरेक क्रियाकलाप गर्ने गरेका छन् । उनीहरूले आफ्नो सौन्दर्यता घट्न नदिन अनेक उपाय अपनाउने गर्छन । उनीहरूको आफ्नै दैनिकी हुन्छ । जसकारण उनीहरूको सुन्दरताको चर्चा वर्षौँसम्म हुन्छ । यस्तै मध्येकी एक हुन् ऐश्वर्या राय बच्चन । 

विश्व सुन्दरी समेत रहेकी ऐश्वर्याको सुन्दरतामा कुनै कमी छैन । ४८ वर्षीया ऐश्वर्या कान्समा पुग्दा होस् वा कुनै इभेन्टमा पुग्दा सुन्दरताको प्रतिक्रिया पाउने गर्छिन् । उनको सुन्दरताको चर्चा नहुने इभेन्ट कमै हुन्छ । आफ्नो सौन्दर्य र फिटनेस कायम राख्न उनी जिममा पसिना बगाउँछिन् । हिँडडुलका अलावा खानपानमा पनि ख्याल गर्छिन् । फलफूल, तरकारी र सुख्खा फलफूल उनको खानामा समावेश हुने गर्दछ । पछिल्लो समय उनी ‘पिएस- १’ नामक तामिल फिल्ममा व्यस्त छिन् । उनी यसको दुई सिरिजमा देखिने छिन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : २५ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड