बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्‌को सोमबारको बैठकबाट डीआइजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।  बढुवा भएका एआईजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृत नवीन कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन दिए । प्रहरी संगठनमा वरियता र कार्यक्षमता लगायतका विभागीय मापदण्ड अनुसार निष्पक्षरूपमा पदोन्नति हुने उल्लेख गर्दै उनले प्रहरी कार्यलाई अझै तदारुकताका साथ सञ्चालन गर्न प्रहरी कर्मचारीहरू सदैव तल्लीन हुने विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिएर सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको चर्चा गर्दै आगामी दिनको चुनौती समाना गर्न स्थानीय चुनावमा देखाएको व्यावसायिकतालाई कायम राख्दै क्रियाशील हुन निर्देशन दिए । मनसुन नजिकै आएको अवस्थामा विपद् व्यवस्थापनमा पूर्वतयारीका साथ लाग्नुपर्नेमा उनले जोड दिए । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ०९ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले