प्रकाशले ल्याए ‘मन भुल्छ’ (भिडियो)  « Khabarhub

प्रकाशले ल्याए ‘मन भुल्छ’ (भिडियो) 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक प्रकाश दुतराजले नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक गरेका छन् । यो उनको ‘जाम भो माईली’पछिको अफिसियल गीत हो । प्रकाश आफ्ना गीतका शब्दलहर आफै बुन्दै आएका छन्, आफै भाका हाल्दै आएका छन् । ‘मन भुल्छ’ मा पनि उनकै शब्द र संगीत छ । कृष्ण बिकले गीतको एरेन्ज गरेका छन् । गीतमा प्रकाशसँगै गायिका शान्तिश्री परियारले स्वर दिएकी छिन् । 

‘मन भुल्छ’ को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग छन् । आफ्ना यसअघि स्रोता तथा दर्शकले रुचाएका सिर्जनाभित्रका पात्रहरूलाई एउटै भिडियोभित्र प्रस्तुत गरेका छन् । प्रकाशको बैनी झ्यालैमा, चोली मैलै भो, घर कता हो बैनीको र जाम भो माइली भित्रका पात्रहरूलाई ‘मन भुल्छ’ को भिडियोमा प्रस्तुत गरेका हुन् । भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ । 

भिडियोमा उनले यसअघिका पात्रको पहिरन शैली, अभिनयलाई पनि उही रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । भिडियोमा उनी ‘क्रियटर’ को भूमिकामा प्रस्तुत छन् र उनले अघिल्ला सिर्जनाका पात्रहरूलाई कल्पना गरेका छन् । मौलिक मिठासले भरिपूर्ण सिर्जनाहरु ल्याउँदै आएका प्रकाशका सिर्जनाहरुलाई स्रोता दर्शकले रुचाउँदै आएका छन् । मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’ को भिडियोलाई अनिल के। मानन्धरले छायांकन गरेका हुन् । नवीन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो । 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : १७ बजे

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा

कांग्रेसको प्रतिज्ञापत्रमा बिहीबार खुला प्रश्नोत्तर

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सार्वजनिक गरेको प्रतिज्ञापत्र

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री तथा नेपाल सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले यही

उस्मान तारिकको उत्कृष्ट बलिङमा नामीबियाविरुद्ध पाकिस्तानको फराकिलो जित

कोलम्बो – आइसीसी टी–२० विश्व कपको ३५औँ खेलमा पाकिस्तानले नामीबियालाई

प्रतिज्ञा पत्रबारे सभापति थापासँग बिहीबार खुल्ला प्रश्नोत्तर गरिने

काठमाडौं – नेपाली कांग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला