प्रकाशले ल्याए ‘मन भुल्छ’ (भिडियो)  « Khabarhub

प्रकाशले ल्याए ‘मन भुल्छ’ (भिडियो) 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक प्रकाश दुतराजले नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक गरेका छन् । यो उनको ‘जाम भो माईली’पछिको अफिसियल गीत हो । प्रकाश आफ्ना गीतका शब्दलहर आफै बुन्दै आएका छन्, आफै भाका हाल्दै आएका छन् । ‘मन भुल्छ’ मा पनि उनकै शब्द र संगीत छ । कृष्ण बिकले गीतको एरेन्ज गरेका छन् । गीतमा प्रकाशसँगै गायिका शान्तिश्री परियारले स्वर दिएकी छिन् । 

‘मन भुल्छ’ को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग छन् । आफ्ना यसअघि स्रोता तथा दर्शकले रुचाएका सिर्जनाभित्रका पात्रहरूलाई एउटै भिडियोभित्र प्रस्तुत गरेका छन् । प्रकाशको बैनी झ्यालैमा, चोली मैलै भो, घर कता हो बैनीको र जाम भो माइली भित्रका पात्रहरूलाई ‘मन भुल्छ’ को भिडियोमा प्रस्तुत गरेका हुन् । भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ । 

भिडियोमा उनले यसअघिका पात्रको पहिरन शैली, अभिनयलाई पनि उही रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । भिडियोमा उनी ‘क्रियटर’ को भूमिकामा प्रस्तुत छन् र उनले अघिल्ला सिर्जनाका पात्रहरूलाई कल्पना गरेका छन् । मौलिक मिठासले भरिपूर्ण सिर्जनाहरु ल्याउँदै आएका प्रकाशका सिर्जनाहरुलाई स्रोता दर्शकले रुचाउँदै आएका छन् । मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’ को भिडियोलाई अनिल के। मानन्धरले छायांकन गरेका हुन् । नवीन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो । 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : १७ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा