मन्त्री आलेले दिए पाँच महिनाको तलब « Khabarhub

मन्त्री आलेले दिए पाँच महिनाको तलब


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विविध कारणले चर्चामा छन् । उनको काम गर्ने शैलीको चर्चा नेपाली मिडियामा प्राय हुने गरेको छ । उनले गत शनिबार मात्र फिल्म ‘सर्वजीत’ को शुभ मुहूर्तमा आफ्नो पाँच महिनाको तलब दिने घोषणा गरेका थिए । यिनै मन्त्री आलेले बिहीबार मन्त्रालयमै ‘सर्वजीत’ फिल्म निर्माणका लागि पाँच महिनाको तलब प्रदान गरेका छन् । मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरे ।

फिल्म निर्माणका लागि अन्य निकायबाट पनि अर्थ सहयोग जुटाउन आफूले सहयोग गर्ने वचन मन्त्री आलेले दिए । दलित महिला केन्द्रले निर्माण गर्न लागेको फिल्मलाई दिनेश डीसीले निर्देशन गर्नेछन् । फिल्म दलित आन्दोलनका अगुवा भगत ‘सर्वजीत’ विश्वकर्माको जीवनमा आधारित हुनेछ । निर्देशक डिसी केही समयको विश्राम पश्चात निर्देशनमा फर्किने भएका छन् ।

‘पहिला यो डकुमेन्ट्री बनाउने भनेर म कहाँ आइपुगेको हो । मैले सर्वजीत ज्युको जीवनी थाहा पाएपछि यसलाई फिल्ममै ल्याउनु पर्छ भनेर जुटेका हौँ’ निर्देशक डिसीले भने । भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि निर्माण हुने फिल्मलाई डिसीले निर्देशन गर्न लागेका हुन् ।

विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलनको सुरुवात गरेका थिए । बागलुङ नगरपालिका ७ मा पर्ने साविकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका सर्वजीत सानैदेखि विद्रोही स्वभावका थिए । त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए । आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजीत भन्न थालिएको हो । उनले हिन्दु धर्मको गहिरो अध्ययन गरेका थिए । दलित आन्दोलन चर्किँदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए । सन् २०१२ सालमा भारतमै उनको निधन भयो ।

डिसीको निर्देशन रहने बायोपिक फिल्म ‘सर्वजीत’ मा एन वि महर्जनको द्वन्द्व निर्देशन, मोहन निरौलाको संवाद, सौरभ लामाको छायांकन, जनक खड्काको पटकथा र एलिश कार्कीको पार्श्व संगीत रहनेछ । बाग्लुङ, पाल्पा, पोखरा, काठमाण्डौ र बनारसमा छायांकन हुने ऐतिहासिक नेपाली फिल्मको सेड्युल भदौ अन्तिमदेखि सुरु हुने छ । १ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने फिल्मको तयारी केही समय अगाडिबाट चलेको थियो । पछिल्लो फिल्म ‘फूलै फुलको मौसम तिमीलाई’ पश्चात डिसी फिल्म निर्देशन भन्दा पनि अभिनय, शो, रेडियो, टेलिभिजन लगायतमा व्यस्त थिए ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ४२ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड