कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित « Khabarhub

कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ । बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन पानीको बहाव परिवर्तनका कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ ।

वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस वर्ष पनि विपद्को जोखिम बढ्ने देखिएको छ । कैलालीतर्फ तटबन्धन निर्माण भइरहेको ठाउँमा पानीको सतह बढ्दा पुगेको अवरोधले काम पूरा हुन नसकेर सो क्षेत्रमा जोखिम बढ्ने देखिएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।

कैलाली र बर्दिया जिल्लाको सीमा नदी कर्णालीको बर्दिया राजपुरतर्फको भागमा नदी तटबन्धनसम्बन्धी काम सुस्त गतिमा भइरहेको छ । पानीको बहाव परिवर्तन गरी पालैपालो दुवैतर्फको भागमा नदी तटबन्धनको काम गर्नुपर्ने भए पनि बर्दियातर्फको भागमा काम नसकिँदा कैलालीतर्फको भागमा निर्माणाधीन नदी तटबन्धनको काम प्रभावित भइरहेको जनाइएको छ ।

हरेक वर्षायाममा कर्णाली नदीमा आउने बाढीले दुवै जिल्लाको नदी आसपासको मानवबस्ती बाढी, डुबान र कटानको उच्च जोखिमा रहने गरेको छ । सो क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि भइरहेका कामको कैलालीका प्रजिअ थापाको नेतृत्वको टोलीले आज स्थलगत अध्ययन अवलोकन गरेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ८ : ५४ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री