जिल्ला समन्वय समिति दैलेखको निर्वाचन विवादित « Khabarhub

जिल्ला समन्वय समिति दैलेखको निर्वाचन विवादित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला समन्वय समिति दैलेखको निर्वाचन यतिबेला विवादित र चासोको केन्द्रमा छ । जिल्ला समन्वय समितिको प्रमुख र एक सदस्यमा स्वतन्त्र उम्मेदवारी परेपछि निर्वाचन विवादित बनेको हो ।

जिसस दैलेखको प्रमुख पदमा नेपाली काँग्रेसका आधिकारीक उम्मेदवारविरुद्ध परेको बागी उम्मेदवारी खारेजको माग गर्दै उजुरी परेपछि भोलि जेठ २६ गते हुने भनिएको मतदान समेत अन्यौलमा परेको छ ।

सो पदका काँग्रेसको आधिकारिक उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले बागी उम्मेदवार नमराज शाहीको उम्मेदवारी खारेजको उजुरी दिएकी छन् । जिल्ला समन्वय समितिको निर्वाचन निर्देशिका २०७४ को दफा १८ मा कुनै एक दलबाट निर्वाचित व्यक्ति अर्को दलबाट जिसस प्रमुख, उपप्रमुख वा सदस्य कुनै पदमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्थालाई उजुरीकर्ताले उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : २३ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा