असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने | Khabarhub Khabarhub

असारदेखि भदौ मसान्तसम्म सडक खन्नेलाई कारबाही गरिने


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षायाममा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदालगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार देखि २०७९ भदौ मसान्त (तीन महिना)सम्म सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’, सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार ‘कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने’ भन्दै नियम लागू हुने पाँच दिनअघि नै सो चेतावनी दिइएको हो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ११ : ५४ बजे

अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले वैकल्पिक वित्त परिचालन सम्भव छैन : पूर्वअर्थमन्त्री पुन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले

‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले

मदन भण्डारीको ७५औं जन्मजयन्ती तीन वर्षसम्म मनाइने

काठमाडौं- जननेता मदन भण्डारीको ७५औं जन्मजयन्ती वर्षलाई विविध रचनात्मक कार्यक्रमसहित

स्याफ्रुबेँसी-रसुवा सडक : ९० प्रतिशत काम सम्पन्न, स्थानीयलाई राहत

रसुवा– स्याफ्रुबेँसी–रसुवागढी खण्डको बिग्रेको राजमार्गको करिब ९० प्रतिशत मर्मत काम

विद्या भण्डारीले भनिन्- एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ  

काठमाडौं–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले