क्राजओको सङ्घर्षदेखि प्ले ब्वाइको कभर फोटोसम्म | Khabarhub Khabarhub

क्राजओको सङ्घर्षदेखि प्ले ब्वाइको कभर फोटोसम्म


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलेना क्राजओले पौडी पोखरीमा हाम फालिन्। त्यसपछि सबै सुनसान भएको थियो। त्यसको केही समय पछि रेस सकियो। ‘यो केही सेकेन्डको अन्तरालमा के भइरहेको थियो भन्ने मलाई केही पनि थाहा छैन’, क्राजओले भनिन् ‘ यी सबै हुनुमा केही हदसम्म म अपाङ्ग हुनु एउटा कारण थियो। अर्को कारण मेरो आफ्नो खेलमा एकाग्रता पनि हो। लेन तीन या पाँच तथा अन्य कुनै लेनमा के भइरहेको थियो भन्ने मलाई चासो थिएन। मलाई त मेरो आफ्नो टेक्निकमा मात्र चासो थियो।’

क्राजओको दृष्टि क्षमता तीन प्रतिशत मात्र बाँकी छ। उनी केही पनि देख्न सक्दिनन्। उनलाई फोटोग्राफरको भिड आफूतर्फ लम्किएको पनि थाहा छैन। तर, होहल्ला र आवाजका बीच उनले आफू विजयी भएको कुरा थाहा पाएकी थिइन्।

क्राजओको जन्म १९९३ मा काजकिस्तानको कुनै एउटा गाउँमा भएको थियो। काजकिस्तान खुला भएको भर्खर मात्र हो। सोभियत सङ्घ विघटन भएको थियो। सोभियत कालमा छिन्नभिन्न अर्थतन्त्रको असर काजकिस्तान खुला भएपछि पनि परेको थियो। काजकिस्तान खुला भएपछि पनि गरिबीसँगै उनीहरूले जीवन बिताएका थिए।

उनी सात वर्षको हुँदा समय अझ कठिन बनेको थियो। शिक्षकले ब्ल्याक बोर्डमा लेखेको कुरा उनले देख्न छाडिसकेकी थिइन्। यसले उनका अभिभावकमा एउटा चिन्ता जगायो, छोरीको उपचार र शिक्षाका लागि भौँतारिएका उनीहरू मस्कोको आँखा अस्पताल पुगे। उनका ‘मस्कुलर डिजेनरसन’को पुष्टि भयो।

यो पुष्टि भएसँगै क्राजओलाई अपाङ्गको बोर्डिङ स्कुलमा लगियो। त्यहाँ बच्चाको बीचमा भेदभाव र हिसाबका घटना सामान्य थिए।
यसै कारण उनलाई जर्मनी लगियो। ‘विद्यालय परिवर्तन गरी रहन त्यत्ति सहज थिएन’, उनले विगत सम्झँदै भनिन्।

जर्मनीको परिवेश भिन्न भए पनि त्यहाँ सबैले माया र ममता देखाएका कारण क्राजओ खुसी भइन्। जर्मनीमै खेलकुद शिक्षक माइकल हायुरको आँखामा उनी परेकी थिइन्। पौडी पोखरीमा क्राजओ रमाएको देख्दा यसले हायुरलाई प्रभावित तुल्याएको थियो। यसै कारण उनले आफ्नो शिष्यको पौडी खेलमा सुनौलो भविष्य देख्न थाले।

आफै स्ट्रोक गन्ने र पौडने क्रममा उनी अगाडि बढीरहेकी थिइन्। त्यसपछि उनी सन् २०१२ मा लन्डनमा भएको पारा ओलम्पिक खेलकुदमा सहभागी भएकी थिइन्। त्यस प्रतियोगितामा उनले रजत पदक जितेकी थिइन्। १८ वर्षको उमेरमा प्राप्त गरेको यो सफलताले उनलाई थप उत्साहित तुल्याएको थियो।

सन् २०१६ मा उनले १ सय मिटर ब्रेस्टस्ट्रोकमा विश्व कीर्तिमान कायम गरेकी थिइन्। त्यसै सफलताले उत्साहित उनका लागि थप सफलताका बाटा पनि तय भएका थिए।
विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन र विश्व कीर्तिमान धारी भइसके पछि उनी एउटा सेलीब्रेटी भएकी थिइन्। यसपछि नै प्ले ब्वाइले फोटोका लागि अनुरोध गरेको उनले बताएकी छन्।

‘प्ले ब्वाइको कभरमा छापिने म पहिलो अपाङ्ग हुँ। अपाङ्ग र सपाङ्ग एउटै हो भन्नका लागि यो एउटा राम्रो प्लेटफर्म पनि हो’, उनले भनिन्, ‘२०२० को अटममा क्राजओले यसका लागि फोटो खिचाउनु अगाडि भन्दा पहिले धेरै प्यारालम्पियनले यसरी फोटो खिचाएका थिए।’

बेलायती स्प्रीन्टर जोनी पिककले २०१३ मा एटीच्युटका लागि यस्तै खाले फोटो खिचाएकी थिइन्। सन् २००९ मा अमेरिकी सारा रिचर्डसेनले इएसपिएनको बडी अङ्कमा यस्तै फोटो खिचाएकी थिइन्।

कसैले यसले महिला पारा खेलाडीलाई सेलीब्रेटीको रूपमा स्थापित गरेको व्याख्या गरेका छन् भने कतिपयले समाजमा यौन चाहना बढाउनकै लागि प्रकाशित सामग्रीमा फोटो सुट गर्नुलाई खराब ठानेका छन्।

सन् २०२० को अक्टोबरको एउटा सुटपछि उनी अझ धेरै विवादमा परेकी थिइन्। क्राजओ आफै भने यसका बारे वकालत गर्न छाडेकी छैनन्। ‘मैले अपाङ्ग र सपाङ्गमा कुनै फरक छैन भन्ने देखाउन खोजेको हुँ,’ उनले भनिन्, ‘हामी सपाङ्ग जस्तै स्वतन्त्रता पूर्वक समाज बाच्न चाहन्छौ।’

जर्मनीमा अहिले पनि धेरै जना अपाङ्ग उनलाई देखेपछि लजाउने र डराउने गरेका छन्। ‘हामी त्यस्तो केही होइनौ। अरू जस्तै मान्छे हौ। हामीसँग हच्किन आवश्यक नै छैन। हामीसँग पनि अरूसँग जस्तै बोल्न र कुरा गर्न सकिन्छ ’, उनले भनिन्।

क्राजओले धेरै अपाङ्ग महिलाले आफ्नो इस्नटाग्राममा राम्रो गरेको भन्ने सन्देश पठाएको पनि बताएकी छिन्।

यस्तो फोटो सुटपछि उनका बाबुले पनि कुनै प्रतिक्रिया दिएका छैनन्। अन्य मोडलको पनि यस्तै बिना बिकिनीको फोटो प्रकाशित भएका कारण छोरीको फोटोलाई पनि उनले सामान्य रूपमा लिएका छन्। क्राजओको एउटा फोटो हेर्दा अहिले उनलाई त्यत्ति सहज महसुस हुँदैन,’
गत ओलम्पिकमै उनले सबै देखेकी थिइनन्। पहिलो ५० मिटर सकिएर टर्न भएपछि उनलाई कोही आफू अगाडी भए जस्तो भान भएको थियो। उनले त्यो व्यक्ति रेबेका रेडर्फन भएको महसुस गरिन्। उनी फेरि एक पटक स्वर्ण पदक गुम्ने त होइन भन्ने चिन्तामा थिइन्।
यस अघि रियो ओलम्पिकमा उनी विश्व कीर्तिमान सहित सहभागी थिइन्। तर, फाइनलमा अप्रत्याशित रूपमा अन्तिम समयमा चुकेपछि पाँचौँ स्थानमा सीमित भएकी थिइन्।

पाँच वर्ष अगाडिको त्यसै घटना अहिले दोहरिएन। उनी पहिलो नै भइन्। उनले त्यसपछि छेउमा रहेका स्वयंसेवकलाई आफ्नो समय सोधिन्। ‘त्यस समय मलाई आफू संसारकै भाग्यमानी केटी भएको महसुस भएको थियो,’ क्राजओले संसारकै भाग्यमानी महिला सम्झँदै भनिन्।

ओलम्पिकपछि नै उनी आफ्नो ब्वाइफ्रेन्डसँग डेटिङका लागि गएकी थिइन्। त्यसै समयमा उनको टाउको एक्कासी दुखेको थियो।
टाउकोको सकससँगै उनले एमआरआई गराएकी थिइन्। विवाहका लागि औँठी किन्न तयार भइसकेकी उनका लागि ब्रेन ट्युमरको समस्या देखिनु कम्ती पीडाको विषय थिएन। त्यो खुसी रोग पत्ता लागेसँगै छताछुल्ल भएको थियो।
यसपछि उनले सर्जरी, किमो थेरापी र रेडियो थेरापी सबै गरिसकेकी छन्। १० महिने उपचार समय सकेर फेरि प्रशिक्षणमा केन्द्रित छन्। आगामी विश्व च्याम्पियनसिप र सन् २०२४ मा पेरिसमा आयोजना हुने विश्व च्याम्पियनसिप उनको लक्ष्य बनेको छ।

उनलाई मस्तिष्कको अप्रेसनपछि पनि एउटै प्रश्नले सताइ रह्यो। कति समयपछि प्रशिक्षण सुरु गर्न मिल्ने हो भन्ने मात्र थियो।
उनले भनिन्, ‘लक्ष्य निर्धारण गरेर त्यसका लागि बाच्नु मात्र जीवनको सार्थकता हो। अन्यथा बाच्नुको अर्थ पनि नहुनसक्छ।’

आफ्नै लक्ष्यमा मात्र केन्द्रित रहेर अगाडि बढेकी क्राजओको यो दृढ इच्छा शक्ति र चाहना संसारका धेरैका लागि प्रेरणाको श्रोत पक्कै पनि बन्ने छ।

यसअघि मुक्केबाज मिया सेन्ट जोनले प्ले ब्वाइमै सुट गरेको फोटो सबै भन्दा बोल्ड मानिन्छ। मियासँगै अन्य थुप्रै स्टारले प्लेब्वाइमा फोटो सुट गरेका छन्। टेनिसकी एसली हाकरलोडले पोस्ट गरेको फोटो अत्यन्त चर्चामा रहेको थियो।

यी सबैलाई पछाडि धकेल्दै अमेरिकी पौडीबाज अमान्डा बर्डको प्ले ब्वाइमा सुट गरेको फोटोले संसारलाई अचम्ममा पारेको हो। बर्डले १४ वर्षको उमेरमा ओलम्पिकमा विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेकी थिइन्। उनले चार ओलम्पिकमा सहभागी हुँदै सात पदक जितेकी थिइन्। पछि उनी एक्कासि विवादमा परेकी थिइन्।

प्ले ब्वाइ संसारकै चर्चित म्यागेजिन हो। यौन उत्तेजनात्मक यस म्यागेजिनको कभरपृष्ठमा फोटो खिचेर समय समयमा चर्चामा आउने धेरै छन्। यी नै मध्यकी क्राजओको यो फोटोलाई हेर्ने दृष्टिकोण फरक हुनसक्छ। तर, साहस र हिम्मतका साथ खेल जीवनमा उनले प्राप्त गरेको उपलब्धिलाई भने नजरअन्दाज गर्न मिल्दैन। स्रोत : बीबीसी, स्पोर्ट्स स्टार

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ५५ बजे

आज २०८१ साल असोज १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार

आज नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाडौं – बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दशैं घर

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घेराबन्दीमा

कोशी प्रदेशले आउँदो माघमा लगानी सम्मेलन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

इलाम – मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो