सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Khabarhub

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन हो।

बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य संघसंस्थालाई बिक्री खुलाएको थियो।

बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । बैंकले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ ऋणपत्र जारी गरेको हो। जसमा वार्षिक १०।७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ।

यसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ८ : ३३ बजे

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने