अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला « Khabarhub

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ। सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ। कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो।

यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।

यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आइपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १० : ०० बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना