शुक्रबार नेप्से परिसूचकमा ३४.७१ अंकको गिरावट | Khabarhub Khabarhub

शुक्रबार नेप्से परिसूचकमा ३४.७१ अंकको गिरावट


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२.६१ बिन्दुमा झरेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५० अंकसेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंकले घटेको छ।

कारोबारमा आएका २१७ कम्पनीको ३० लाख ६३ हजार कित्ता शेयर १ अर्ब १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

शुक्रबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

विकास बैंक, जलविद्युत्, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

शिवम् सिमेन्ट्स कम्पनीकाे साढे ५ करोडभन्दा बढीको कारोबार भएकाे छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  २ : ४१ बजे

आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि

फ्लड लाइटमा एनपीएल खेल्न मिल्ने गराएर त्रिवि रंगशाला क्यानलाई हस्तान्तरण

काठमाडौं – प्यारापिट राख्ने र फ्लड लाइट जडान गरेपछि सरकारले

जेन-जी नेताहरूलाई कांग्रेस-एमालेको डर, सम्झौताका लागि बढाउँदै सरकारमाथि दबाब

काठमाडौं– जेन-जीहरूले सरकारसँग सम्झौताका लागि ११ बुँदे माग शुक्रबार प्रधानमन्त्री

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : पक्राउ परे पूर्वसचिव अर्जुन कार्की

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल ट्रस्टको जग्गा लिज