करणको शोमा नजाने स्टारहरु | Khabarhub Khabarhub

करणको शोमा नजाने स्टारहरु


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करण जोहर पछिल्ला दिनमा आफ्नो च्याट शो ‘कफी विद करण’ लाई लिएर चर्चामा छन् । टेलिभिजनमा छुटै पहिचान बनाएको करणको शो अब ओटीटीमा आएको छ । यद्यपि शैली र प्रस्तुति उही छ । करणको यो शो विवादको विषय बनिरहन्छ । अर्थात् त्यहाँ सेलेब्सले बोल्ने शब्दले विवाद समेत ल्याउने गर्छ । बलिउडमा करणको छुटै पहिचान छ । यसैले गर्दा उनको शोसम्म नपुग्ने कमै कलाकार हुन्छन । 

तर केही कलाकार छन्, जो करणको कफी खान अस्वीकार गरिरहेका छन् । यो सूचीमा बलिउडदेखि साउथसम्मका कलाकार छन् । यसमा पहिलो नम्बरमा जूनियर एनटीआर पर्छन् । उनलाई हालैमात्र करणले शोका लागि निम्तो दिए पनि उनले त्यो निम्तोलाई अस्वीकार गरेका थिए । करणले केही दिनअघि आफ्नो शोमा अर्का साउथ स्टार रामचरण आउने घोषणा गरेका थिए । तर रामचरणले करणको भनाइलाई असत्य साबित गर्दै उनले शोमा आफू नजाने बताए ।

बलिउड अभिनेता रणवीर  कपुरले पनि करणको शोमा नजाने सम्भावना छ । उनले छायांकन गरेका छैनन् । यद्यपि रणवीर करणकै फिल्म ‘ब्रह्मास्त्र’ मा केही समय पश्चात देखिँदै छन् । रणवीरले निजी कारण देखाउँदै उनको शोमा नजाने निर्णय लिए पश्चात आलिया भट्टसँग रणवीर सिंह शो पुगेका छन् । ‘केजीएफ २’का यश पनि करणको शोमा जान चाहँदैनन् । भलै करणले आफ्नो शोमा यश आउने दाबी गरे पनि उनको दाबीलाई यशले अस्वीकार गरेका छन् ।

साउथ स्टार प्रभास करण शोमा यसअघि देखिइसकेका छन् । तर अब भने उनी करणको कफी सोचमा छन् । त्यहीकारण उनले करणको प्रस्तावलाई अस्वीकार गरेका छन् । बलिउड अभिनेत्री कंगना रनावतले करणको शोका विषयमा हालै एक पोस्ट गरिन् । उनले करणको शोको तारिफ गरे पनि उनी भने त्यो शोमा उपस्थित हुन चाहिँदिनन् । यद्यपि यसपटक करणको शोमा साउथका कलाकारहरू विजय देवरकोन्डा , सामन्था भने देखिनेछन् ।

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : १६ बजे

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले लागूऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जाजरकोट– जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मन बहादुर थापाको घरमा आइतबार बिहान

सिधनियाघाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै

राँझा– नेपालगञ्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका-५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न गृहमन्त्री अर्यालको कर्मचारीलाई निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र

स्पेनमा ५० हजार दर्शकबीच प्यालेस्टिनी टोलीको मैत्रीपूर्ण खेल

बिलबाओ– प्यालेस्टिनी फुटबल खेलाडीहरूको चयन गरिएको टोलीले शनिबार बास्क देशका