‘टक डर्टी’ सँग मिल्दोजुल्दो रहेको ‘पछ्यौरी’ लाई आरोप  « Khabarhub

‘टक डर्टी’ सँग मिल्दोजुल्दो रहेको ‘पछ्यौरी’ लाई आरोप 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता गायिका इन्दिरा जोशी चर्चामा छिन् । उनले प्रेमी शरद केडियासँग विवाह गरेपछि चुलिएको चर्चा केही न केही माध्यमले भइरहेका नै छन् । विवाह बन्धनमा बाँधिए लगत्तै उनले म्युजिक भिडियो सार्वजनिक गरिन् ।

आफ्नै शब्द , संगीत र स्वर रहेको गीतको भिडियोमा उनी नै फिचर्ड छिन् । उनले एक कार्यक्रमको आयोजना गर्दै नै भिडियो सार्वजनिक गरिन् । यद्यपि पछिल्लो समय यहीँ गीतको कारण उनले आलोचना खेपिरहेकी छिन् । 

उनको नयाँ गीत ‘पछ्यौरी’ एक अंग्रेजी गीतबाट प्रभावित भएको आरोप लागेको छ । अमेरिकी गायक जेसन डेरुलाको चर्चित गीत ‘टक डर्टी’ सँग इन्दिराको गीतको बिट र कम्पोजको केही अंश मिल्दोजुल्दो देखिएको हो । गीतको भिडियोको परिकल्पना पनि ‘टक डर्टी’ बाटै प्रभावित देखिन्छ । सामाजिक सञ्जालमा इन्दिराको गीतलाई लिएर टिकाटिप्पणी बढे पनि आफ्नो सिर्जनामाथि लागेको आरोपको औपचारिक प्रतिक्रिया उनले जनाइसकेकी छैनन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : २० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले