राजकुमार भन्छन्, ‘बलिउडमा नातावाद सकिँदैन तर ओटीटीले सघाउँछ’ « Khabarhub

राजकुमार भन्छन्, ‘बलिउडमा नातावाद सकिँदैन तर ओटीटीले सघाउँछ’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता बलिउडमा नातावादको विषयमा विभिन्न किसिमका बहसहरु भइरहेका छन् । विशेषत अभिनेता सुशान्त सिंह राजपूतको निधन भएपछि यस विषयले बढी चर्चा र बहस हुने मौका पायो । नातावाद अर्थात् नेपोटिजमको विषयमा बेलाबखतमा राम्रै बहस हुने गरेको छ । यस विषयमा बलिउडका अभिनेता राजकुमार रावले बोलका छन् । 

‘बलिउडमा नातावाद सकिदैन । यद्यपि नयाँलाई अहिले प्रशस्तै माध्यम छन् । ओटीटीमा बनिरहेको कन्टेन मार्फत आफूलाई स्थापित गराउन सकिन्छु अभिनेता रावले भने । उनले ‘इन्डिया टुडेसँगको कुराकानीमा ओटिटीमार्फत साथीहरू जयदीप अहलावतले ‘पाताल लोक’ र प्रतीक गान्धीले ‘स्क्याम १९९२’ मार्फत स्थापित भएको उदाहरण समेत दिए । ‘बलिउडमा नेपोटिजम रहिरहन्छ, तर तपाईंको काम र तर, तपाइको प्रतिभा बोल्छ’, उनले भने । 

उनले फिल्म बन्ने शैलीमा आएको परिवर्तनलाई नियाली रहेको बताए । ‘कुनै समय हामी सिफोनको साडीमा अभिनेत्रीलाई नचाउन स्विट्जरल्याण्ड पुग्थ्यौं । अहिले हामीले स-साना कथालाई माध्यम बनाएका छौँ । यी समाजसँग जोडिएकोले दर्शकको प्रिय पनि बने । अब साउथ इन्डियन मेकर्सले हामीलाई लार्जर देन लाईफ फिल्म बनाउने चुनौती दिएका छन् । ‘दर्शकको रूचि बढेकाले हामी पनि त्यसतर्फ लाग्नुको विकल्प छैन’ उनले भने । उनी अभिनीत  ‘हिटस् द फर्स्ट केस’ आउँदो जुलाई १५ मा अमेजन प्राइममा प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : १६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा