राज बब्बरलाई दुई वर्ष जेल सजाय | Khabarhub Khabarhub

राज बब्बरलाई दुई वर्ष जेल सजाय


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता तथा कांग्रेसका नेता राज बब्बर दुई वर्षको लागि जेल जानु पर्ने भएको छ । २६ वर्ष पुरानो एक मुद्दामा उनलाई दुई वर्ष जेल सजाय अदालतले सुनाइएको भारतीय सञ्चार माध्यममा उल्लेख छ। लखनउको एमपीरएमएलए अदालतले उनलाई ८ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना तिर्न लगाएको छ। तर अदालतले उनलाई यस मुद्दामा अन्तरिम जमानत पनि दिएको छ। अब उनी ३० दिनभित्र उच्च अदालतमा पेश हुनुपर्ने छ।

राज बब्बरले यस फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिने बताउँदै तयारी समेत थालेका छन् । यो १९९६ मा घटेको एक घटनाको आधारमा उनलाई सजाय सुनाइएको हो । तात्कालिक समयमा मतदान अधिकारी श्रीकृष्ण राणाले समाजवादीको प्रत्याशी राज बब्बरसहित केही व्यक्तिविरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीमा राज बब्बरले आफ्नो समर्थकसँग मतदान स्थलमा छिरेर मतदान प्रक्रियामा बाधा पुर्‍याएको उल्लेख छ। साथै उनले मतदान स्थलमा चुनाव अधिकारीलाई कुटपिट समेत गरेका थिए। यस घटनामा केही व्यक्ति घाइते भएका थिए।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ३६ बजे

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू

सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा