कोलम्बियाका प्रथम वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथ ग्रहण « Khabarhub

कोलम्बियाका प्रथम वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथ ग्रहण


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक कोलम्बियामा राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले सपथ ग्रहण गरेका छन् । उनले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै उनी कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति बनेका छन् । उनको सपथग्रहण समारोहमा लाखौं मानिसहरुको उपस्थिती रहेको थियो ।

“कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथ ग्रहणका क्रममा भने ।

उनले दशकौंदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै लागूऔषध विरुद्धको युद्ध असफल भएको विषयलाई मान्यता दिन नयाँ अन्तर्राष्ट्रिय महासन्धिको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।

वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उनले आह्वान गरेका छन् ।

पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा आलोचित केही नीतिहरु परिवर्तन गर्ने बाचा गरेका छन् ।

भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत् बधाई दिँदै भनेका छन्, “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरू बीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउँनेछु ।”

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : ५६ बजे

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र

ऐतिहासिक चुनावी सफलताका लागि रास्वपालाई भारतले दियो बधाई

नयाँदिल्ली- भारत सरकारले नेपालमा गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन

त्रिशूलीमा अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सम्पन्न 

चितवन– त्रिशूली नदीमा आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा

ऊर्जा सुरक्षामा चीनको कडाइ

एजेन्सी– मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि