कोलम्बियाका प्रथम वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथ ग्रहण « Khabarhub

कोलम्बियाका प्रथम वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथ ग्रहण


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अमेरिकी मुलुक कोलम्बियामा राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले सपथ ग्रहण गरेका छन् । उनले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यससँगै उनी कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति बनेका छन् । उनको सपथग्रहण समारोहमा लाखौं मानिसहरुको उपस्थिती रहेको थियो ।

“कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथ ग्रहणका क्रममा भने ।

उनले दशकौंदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै लागूऔषध विरुद्धको युद्ध असफल भएको विषयलाई मान्यता दिन नयाँ अन्तर्राष्ट्रिय महासन्धिको आवश्यकता रहेको टिप्पणी गरेका छन् ।

वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उनले आह्वान गरेका छन् ।

पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा आलोचित केही नीतिहरु परिवर्तन गर्ने बाचा गरेका छन् ।

भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत् बधाई दिँदै भनेका छन्, “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरू बीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउँनेछु ।”

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ३ : ५६ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको