नेप्से १७.६८ अङ्कले घट्यो, २ अर्ब ८५ करोडको कारोबार « Khabarhub

नेप्से १७.६८ अङ्कले घट्यो, २ अर्ब ८५ करोडको कारोबार


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.६८ अङ्कले ओरालो लागेर दुई हजार १०६.१५ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.४४ अङ्कले ओरालो लागेर ४०६.११ मा सीमित भएको छ । कूल २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर रु दुई अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ मूल्यमा कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । उत्पादन ५.६४ र सामूहिक लगानी कोष ०.०४ अङ्कले उकालो लागेको छ ।

यस्तै, बैंकिङ ५.८४, व्यापार ११.३८, होटल तथा पर्यटन ४६.१६, विकास बैंक ५२.०३, जलविद्युत् २६.८१, वित्त २४.८४, निर्जीवन बीमा ३६.४८, अन्य ३८.६५, लघुवित्त १७.४८, जीवन बीमा १०१.९२ र लगानी ०.९८ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ७१ लाख ६९ हजार ९३५ बराबरको कारोबार भयो ।

त्यस्तै, नबिल बैक रु १० करोड ८५ लाख ४३ हजार १५१, नागरिक लगानी कोष रु आठ करोड २१ लाख २८ हजार ९६९, नेशनल हाइड्रोपावर रु सात करोड ६५ लाख ९१ हजार ५४५ र हिमालयन डिस्टिलरी रु सात करोड १८ लाख ४४ हजार ३४२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, युनिलिभर नेपाल ५.५९, आरबीबी म्युचुअल फण्ड ५.१९, समता घरेलु लघुवित्तका लगानीकर्ताले ४.०६ प्रतिशतले कमाए । त्यस्तै, जानकी फाइनान्स ४.३१, एनआइसी एशिया सेलेक्ट फण्ड ३.८४, सिनर्जी पावर ३.५५, एशियन लाइफ इन्स्योरेन्स ३.४२ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३१ प्रतिशतले गमुाए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ०३ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको