मालीमा भएको आतङ्ककारी हमलामा परी चार सैनिक मारिए « Khabarhub

मालीमा भएको आतङ्ककारी हमलामा परी चार सैनिक मारिए


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम अफ्रिकी मुलुक मालीमा भएको आतङ्ककारी हमलामा परी चार जना सैनिकको ज्यान गएको छ ।

त्यहाँका चार जना सैनिक मारिएका मालीको सेनाले प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।

साथै सो हमलामा परेर अरु दुई जना सर्वसाधारण पनि मारिएका छन् । सैनिकहरुको गस्तीमा मालीमा रहेको आतङ्ककारी समूहले बम हमला गरेको थियो ।

सो हमलापछि गस्तीमा रहेको मालीको सेनाले पनि प्रत्याक्रमण गरेको थियो । मालीको सेनाको कारवाहीमा पाँच जना आतङ्ककारी लडाकु पनि पनि मारिएका छन् ।

मालीको सैनिकले प्रकाशन गरेको विज्ञप्तिमा सो समूहले मालीको सैनिक गस्तीमा हमला गरेको र त्यसपछि मालीको सैनिकले पनि जवाफी फायर गरेको तथा त्यसमा परी आतंककारी समूहका पाँच जना सदस्य मारिएको दाबी गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ०२ बजे

मध्यपूर्व युद्ध : तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान

अमरेशले मतदान गर्ने बुथमै भिडे कांग्रेस र रास्वपाका कार्यकर्ता

काठमाडौं– सर्लाहीको एउटा मतदान केन्द्रको मतदान स्थगित भएको छ। त्यहाँबाट

ओखलढुंगाका मानेभञ्ज्याङ ७ का मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै

मेचीनगरमा १०४ वर्षीय वृद्धाले गरिन् मतदान

झापा– प्रतिनिधिसभा सदस्य  निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक

पहिलोपटक मतदान गर्दा खुसी देखिए जेन-जी (तस्बिरहरू)

काठमाडौं– झापा–५ क्षेत्रमा पहिलो पटक मतदान गरेका जेन-जी मतदाताहरूले प्रतिनिधिसभा