दिउँसो ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

 दिउँसो ४ बजेसम्मका मुख्य १० समाचार


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।  दिउँसो ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १ . कांग्रेसका शीर्ष  नेताहरु देशभर तालमेलको पक्षमा 

 नेपाली कांग्रेसका शीर्ष  नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक बस्नुअघि प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान बसेको बैठकमा शीर्ष नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा नेताहरूले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपर्ने गरी गठबन्धन गर्न सुझाव दिएका  थिए । कांग्रेसबाट कार्यदलमा कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा रहेका छन् । सघ र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ । जसलाई  कार्यदललाई सिट बाँडफाँडको जिम्मा दिइएको छ ।

आज बस्ने  कार्यदलको बैठकको सुझाव अनुसार गठबन्धनमा आवद्ध दलले सिट बाँडफाँडको टुंगो लगाउने बताइएको छ ।यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न संघ र प्रदेश सभाको निर्वाचनका लागि ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरू खट्ने बताएका छन्   ।

राजधानीमा २८ औँ विश्व आदिवासी दिवसको अवसरमा  आज आयोजित कार्यक्रममा महामन्त्री थापाले निर्वाचनलाई केन्द्रित गर्दै सबै केन्द्रीय सदस्यहरूलाई भदौ २ गतेबाट २४ गतेसम्म जिल्ला जिल्ला खटाइने  बताएका हुन् ।   

२ . सार्वजनिक गाडीमा मनलाग्दी भाडा अनुगमन गर्न सरकारलाई निर्देशन

संसदीय समितिले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाइ अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिनमुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् । समिति बैठकमा सभापति खड्काले सार्वजनिक गाडीले यात्रुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताए ।

उनले सडक सीमा अतिक्रमण गरी बनाएका घरटहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिए ।

 ३ . सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन 

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन महानगरपालिकाले आज एक  सूचना जारी गर्दै  निर्देशन दिएको हो ।

२४ घण्टाभित्र टहरा नहटाइए नियम बमोजिम कारबाही गरिने पनि महानगरले चेतावनी दिएको छ ।

 ४ . थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि 

नेपालमा थप ९ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय ६२ पिसिआर परीक्षणका क्रममा ४ सय ९८ जना र २ हजार ४ सय ८९ एन्टीजेन परीक्षणका क्रममा ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४ सय ७० संक्रमित निको  भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय ८६ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

 ५ . बस दुर्घटना हुँदा २० जना घाइते 

धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ वीरेन्द्रबजारको गोलघरनजिक काठमाडौंबाट काँकड्भिट्टाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्रि बस  आज  बिहान दुर्घटनामा परेको  हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनालाई प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको र  सामान्य घाइतेहरूको वीरेन्द्रबजारको क्लिनिकमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । चालक निदाएका कारणले बस अनियन्त्रित भएर सडकमा नै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

६ . चन्द्रनहर भत्किँदा सप्तकोशी नगरपालिका डुबानमा

अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताए ।

वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ ।पूर्वमा सप्तकोशी नदी, पश्चिममा चुरे पहाड र उत्तरमा त्रियुगा नदीको मध्यमा रहेको सप्तकोशी नगरपालिकाका विभिन्न वडाका सयौँ घर डुबानमा परी लाखौँ रुपियाँ बराबरको क्षतिभएको नगरपालिकाले जनाएको छ ।

नगरको ११ वटै वडाका घर बाढीका कारण प्रभावित भएको र घर डुबानमा पर्नुका साथै भर्खरै लगाएको सयौँ बिघा धान खेती जलमग्न भएको नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए।

७ . सेयर बजार नेप्सेमा गिरावट

सेयर कारोबार परिसुचक  नेप्से  आज भनेघटेको छ ।  नेप्से  आज १७ दशमलव ६८  अंकले  घटेर २ हजार १ सय ६ दशमलव १५  विन्दुमा  पुगेको हो । २१४ कम्पनीको ६५ लाख २७  हजार ४ सय १४  कित्ता शेयर २ अर्ब ८५ करोड ७० लाख  ७२ हजार  ९ सय ९६ रुपैयाँमा कारोबार  भएको छ

सम्रग बजार  घटेपनि आज आज  गुराँस लघुवित्त र  हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

 ८. भाग दौड मच्चिदा मृत्यु भएकाको परिवारलाई जनही ५ लाख दिने मुख्यमन्त्रीको घोषणा ।

भारतको राजस्थान राज्यको  एक मन्दिरमा  भाग दौड मच्चिदा ३ जनाको मृत्यु भएको छ । भागदौडमा  ४ जना  घाइते भएका छन् । राजस्थानको सीकर जिल्लामा रहेको खाटु श्याम मन्दिरमा आज बिहान साढे ४ बजे भाग दौड मच्चिदा सो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज बिहान मन्दिरको द्वार खुल्ने बित्तिकै भागदौड मच्चिएको त्यहाँको प्रहरीले ह जनाएको छ ।

मृतक तीन जना महिला मध्ये एक जनाको मात्र पहिचान भएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  राजस्थानमा मुख्यमन्त्री  अशोक गेहलोतले घटनाप्रति  दुख व्यक्त गर्दै  मृतकको परिवारलाई जनही ५ लाख रुपैयाँ र घाइतेलाई २० हजार रुपैयाँ सहायता दिने घोषणा गरेका छन्  ।  

यता प्रधानमन्त्री । नरेन्द्र मोदीले पनि ट्वीट मार्फत घटनाप्रति समवेदना प्रकट गर्दै  घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

९ . इजरायल र प्लाइस्टिनी गाजामा भएको युद्धविरामको स्वागत 

संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र प्लाइस्टिनी गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट त्यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका हुन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्धविरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताउनुभएको जानकारी दिए  । प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजेअर्काे अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो ।

सो आक्रमणमा  परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी  घाइते भएका थिए ।इजरायल  सरकार र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको हो । 

१० .  विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष  निर्माण  हुने ।

विश्वकै सर्वाधिक उचाइको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाइको गल्फ कोर्ष ’मुस्ताङ गल्फ कोर्ष’ निर्माण भएको हो । मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको छ । यस अघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ ।

गल्फ कोर्ष ९ होलको रहेको  आज  काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराइएको छ । सो गल्फ कोर्षमा आगामी भदौमा ’टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना समेत हुने भएको छ । प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना गरेर गल्फ कोर्षको उद्घाटन गर्ने तयारी गरिएको छ ।

स्टेबल फर्म्याट ३/४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने बताइएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : ३२ बजे

उखु अभावले उद्योग बन्द, ‘क्रसिङ’ लक्ष्य हासिल भएन

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि

आजका समाचार : बृहत् विरोध सभाको तयारीमा मोर्चा, नारायणहिटी अगाडि राजावादीको प्रदर्शन र युक्रेन युद्ध अन्त्यको सम्भावना

 सरकारका कारण बढेको असन्तुष्टिले गणतन्त्र रक्षामा चुनौती : समाजवादी मोर्चासमाजवादी

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा