‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पुर्‍याउनुपर्छ’ « Khabarhub

‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पुर्‍याउनुपर्छ’


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ । प्रेस सेन्टर नेपाल, ललितपुर जिल्ला शाखाद्वारा आज आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नवनिर्वाचित सबै पदाधिकारीलाई सम्मान तथा कार्यकालको शुभकामना व्यक्त गरिन्।

सो अवसरमा मन्त्री भुसालले नवनिर्वाचित पदाधिकारीले परिवर्तनका पक्षमा निरन्तर कलम चलाउने पत्रकारको हकहितका लागि आवाज उठाउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा सङ्गठनले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पुर्‍याउनुपर्नेमा जोड दिँदै भनिन्, ‘यो परिवर्तन हामीले ल्याएका हौँ, हामीले नै यसको रक्षा गर्नुपर्छ ।’

जनयुद्धका समयमा रेडियो गणतन्त्र स्थापना गरेर गणतन्त्रको आवाज उठाएको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, ‘जनयुद्धका बेला पत्रकार कलमी सेना हुनुहुन्थ्यो, यहाँहरूले गणतन्त्र स्थापना गर्नका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ, यसलाई संवर्द्धन गर्नका लागि पनि यहाँको महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले सहमतिबाट पदाधिकारी चयन गरी सङ्गठनलाई केन्द्रिकृत एवं एकीकृत गरेकामा ‘प्रेस सेन्टर नेपाल’ लाई बधाइ ज्ञापन गरेकी  थिइन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ४४ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने