उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय गर्ने जिम्मा दलका नेतालाई | Khabarhub Khabarhub

उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय गर्ने जिम्मा दलका नेतालाई


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।

माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको बैठकले उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय दिने अधिकार दलका नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिने निर्णय भएको प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिए। उनका अनुसार सत्ता गठबन्धन दलभित्र उद्योग, पर्यटन मन्त्रालय माओवादीको भागमा परेकाले उसैले मन्त्री नियुक्तिका लागि नाम सिफारिस गरेर पठाउनेछ ।

“माओवादी केन्द्रबाट विसं २०७८ माघ २३ गते कर्णाली प्रदेश सरकारको उद्योगमन्त्रीमा नियुक्त हुनुभएका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) लामाको छ महिनाको कार्यकाल आज सकिएको छ”, प्रमुख सचेतक शाहले भने, “उद्योगमन्त्रीको पद रिक्त भएपछि माओवादीले कसलाई मन्त्री बनाउने भन्ने छलफलका लागि आज दलको बैठक बसेको हो ।”

प्रमुख सचेतक शाहका अनुसार कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल अगाडि बढेको छ । उनले देखाएको सङ्केतअनुसार डोल्पा ‘ख’ क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित वीरबहादुर शाहीलाई उद्योगमन्त्री बनाउने कोणबाट माओवादी केन्द्रले छलफल गरिरहेको छ ।

आज बसेको दलको बैठकमा विधेयकका विषयमा दलले धारणा बनाउने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, सिञ्जा सभ्यता संरक्षण तथा विकास र कर्णाली नवप्रवर्तन विधेयक अगाडि बढाउने, संशोधन हाल्ने विषयमा पनि छलफल भएको भन्दै त्यसमा माओवादी केन्द्रका साथै गठबन्धन दलभित्र साझा धारणा बनाएर जाने विषयमा पनि छलफल भएको उनले बताए।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ५० बजे

पूर्वराजालक्षित अभिव्यक्ति पुरानै तथ्य र प्रमाणका आधारमा दिएको हुँ : प्रचण्ड

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान जान आवश्यक’

 काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरू जनताको

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन सर्‍यो

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन १८ चैतमा

‘राजागंज’मा ओलीको बोलीले निम्त्याएको लफडा : फिल्मकर्मीले गरे आन्दोलनको घोषणा

काठमाडौं – दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारबाट प्रदर्शनमा आएको

रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी नेताले युद्धविरामको पहललाई बिथोल्न