चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट | Khabarhub Khabarhub

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो ।

अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको हो ।

नहर भत्किएर पानी बस्तीमा पस्दा वडा नम्बर ४ का विष्णु राई, राम बहादुर विष्ट, कालिमाया राई, धनराज राई, भानुभक्त सापकोटा, वीरबहादुर मगर, नन्द राई, सकुनम राई, राम बहादुर बस्नेत लगायतका दर्जनौँ घर डुबानमा परी लाखौंको क्षति भएको स्थानीय गुणराज सापकोटाले जानकारी दिए ।उनका अनुसार घरहरूमा ६ फिटसम्म पानी जमेकोले सयौं मानिसहरू समस्यामा छन् ।

बाँध मर्मत सम्भारको कार्यमा चन्द्र नहर र नगरपालिकाले चासो नदिँदा डुबान क्षेत्रका बासिन्दाहरू सास्ती खेप्न बाध्य भएका हुन् ।

नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो बाढीपीडित राम बहादुर बस्नेतले भने, बाँध भत्किएर आएको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका सयौं घर डुबानमा परेको छ भने सयौं बिघा धान खेती जलमग्न भएको छ ।

गत शनिबारको वर्षाले सप्तकोसी नगरपालिकाका वडा न १ देखि ११ वटै वडा प्रभावित भएको नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिए । वर्षाका कारण सप्तकोसी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कार्यालयका कागज पत्र भिजेर नष्ट भएको कार्यालय सहयोगी राजकुमार रामले बताए । बाढीले वडा कार्यालय अगाडि रहेको अग्रवाल स्टोरको गोदाममा लाखौं खाद्यान्न सामाग्री भिजेर क्षति भएको सञ्चालक मनोज अग्रवालले बताए ।

बाढी बस्तीमा पस्दा समेत बाढी नियन्त्रणमा सरोकारवालाहरूले ध्यान नदिएको बाढीपीडितहरूले गुनासो गरेका छन् । चन्द्र नहर सिँचाइ डिभिजन कार्यालय र सप्तकोसी नगरपालिकामा बाँध निर्माण गर्न पटक–पटक गुहार माग्दा समेत सुनुवाइ नभएको बाढीपीडितहरू गुनासो गरे । चन्द्र नहरले बाँध कटान गरी ,मानव बस्तीमा बाढी पसेपछि नहरमा पानी बन्द गरिएको छ । खेतीको समयमा नहरको पानी बन्द हुँदा धानवाली नष्ट हुने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : १० बजे

पीएम कप कोशीमाथि आर्मीको शानदार जित

काठमाडौं– जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित

पूर्वराजालक्षित अभिव्यक्ति पुरानै तथ्य र प्रमाणका आधारमा दिएको हुँ : प्रचण्ड

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान जान आवश्यक’

 काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरू जनताको

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन सर्‍यो

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन १८ चैतमा

‘राजागंज’मा ओलीको बोलीले निम्त्याएको लफडा : फिल्मकर्मीले गरे आन्दोलनको घोषणा

काठमाडौं – दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ शुक्रबारबाट प्रदर्शनमा आएको