लमजुङ अस्पताल स्थापनाको ४६ वर्षपछि डायलसिस सेवा « Khabarhub

लमजुङ अस्पताल स्थापनाको ४६ वर्षपछि डायलसिस सेवा


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला अस्पताल लमजुङबाट स्थापना भएको ४६ वर्षपछि डायलसिस सेवा सुरु गरीएको छ । दुवै मिर्गौला फेल भएर डायलसिस गर्दै आएका बिरामीले बेंसीसहरस्थित जिल्ला अस्पतालबाट सेवा पाउन थालेका छन्। अस्पतालले केही दिन अघिबाट मिर्गौलाको डायलसिस सेवा सुरु गरेको छ।

२०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल २०५८ मा समुदायलाई हस्तान्तरणपछि सरकारको पब्लिक प्राइभेट पार्टनरसिप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) र लमजुङे नागरिकको प्रतिनिधित्व गर्दै लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो। त्यसपछि एचडीएसले मात्रै सरकारसँग सम्झौता गरेर अस्पताल सञ्चालन गर्दै आएको छ।

गण्डकी प्रदेश सरकार र एचडीसीएसबीच ५ वर्षको व्यवस्थापन सम्झौता गरेर एचडीसीएसले सञ्चालन गरिरहेको उक्त अस्पताल सरकारलाई बुझाउन प्रदेश सरकारले ताकेता गरेको छ। डायलसिसका लागि ४ जना स्टाफ नर्सले तालिम लिएर आएका छन्। एक जना विदेशी नागरिक मिर्गौला रोग विशेषज्ञ डा. एमिल बिटी, जनरल सर्जन डा. सुवास मगर, इन्टरनल मेडिसिन डा. अञ्जु गुरुङलगायतले निगरानी गरिरहेका छन्। लमजुङमा हेमो डायलसिस सेवा सुरु भएको हो।

दुवै मिर्गौला फेल भएका व्यक्तिले १ सातामा २ देखि ३ पटकसम्म डायलसिस गर्नुपर्छ। मधुमेह, उच्च रक्तचाप, फोक्सोको संक्रमणलगायत समस्याका कारण मिर्गौला फेल हुन्छ। मिर्गौलाको आन्तरिक कारणले पनि फेल हुन्छ। प्रत्यारोपण गर्न नसक्ने अवस्थामा र नगरिसकेको अवस्थामा गर्ने भनेको डायलसिस हो।

अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार इमर्जेन्सी सेवाका लागि कोभिडकालमा निर्माण गरिएको प्रिफ्याबको भवनमा अहिले डायलसिस सेवा सुरु गरिएको छ। भवनका लागि गण्डकी प्रदेश सरकारले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

‘प्रदेश सरकारमार्फत ७ वटा मेसिन प्राप्त भएकोमा ६ वटा जडान गरिएको छ। उनका अनुसार लमजुङका मात्रै नभएर अब छिमेकी जिल्ला मनाङ, तनहुँ, गोरखालगायतका जिल्लाले पनि सेवा पाउनेछन्। स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार डायलसिसका ३ वटा मेसिन स्वास्थ्य कार्यालयमार्फत खरिद गरेको थियो।

आवश्यक सामग्रीसहित यसका लागि ५० लाख रुपैयाँ बजेट आएको थियो। ४ वटा मेसिन भने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको उनले बताए। लमजुङमा हाल बाहिरी जिल्लामा डायलसिस गरिरहेका बिरामीको संख्या ६४ जना छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ११ : १८ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन