बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने « Khabarhub

बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङको बेंसीशहर नगरपालिकालाई २०८२ भित्र बालमैत्री नगरपालिका घोषणा गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।

नगरपालिकाका सरोकारवालाहरूले ‘बालअधिकार र बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा ऐक्यबद्धता, बेंसीशहर नगरपालिकालाई बालमैत्री बनाउने हाम्रो प्रतिवद्धता, बालअधिकारको सम्मान र बालमैत्री स्थानीय शासनका लागि हामी प्रतिवद्ध छौं’ भनी १० बुँदै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिवद्धता गरेका छन् ।

ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङ र वल्र्ड भिजनको सहयोगमा सञ्चालित बालअधिकार, बालमैत्री स्थानीय शासन तथा बालमैत्री आचारसंहिता निर्माण सम्बन्धि ३ दिने कार्यशाला गोष्ठीमा उनीहरुले प्रतिवद्धता जनाएका हुन् ।

बेंसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, स्वास्थ्य शाखा, शिक्षा शाखाका प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले हस्ताक्षर गरेका छन् ।

उनीहरुले बालमैत्री स्थानीय शासनको अवलम्बन, सूचकहरुको प्रभावकारी कार्यान्वयन गरी नगरपालिकालाई २०८२ सालभित्र बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वडागत घोषणा गर्दै तोकिएको समय सिमाभित्र बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने नगरपालिका उपप्रमुख पद्मा गुरुङले बताइन् ।

बालमैत्री वडा घोषणाका लागि नगरपालिका आवश्यक तयारी थालिसकेको बताए ।  नगरपालिका मात्र नभएर सबै तहबाट सबै लाग्न सकेमा अभियान सफल हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  १२ : ०५ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा