शैक्षिक संस्थामा तालाबन्दी गर्नु अपराध : शिक्षामन्त्री पौडेल « Khabarhub

शैक्षिक संस्थामा तालाबन्दी गर्नु अपराध : शिक्षामन्त्री पौडेल


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्थामा तालाबन्दी गर्ने कार्य अपराध भएकाले यस्तो कार्यलाई सदाका लागि बन्द गर्नुपर्ने बताएका छन्।

५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले शैक्षिक क्षेत्र जस्तो पवित्र स्थलमा तालाबन्दी गर्ने काम अपराध भएकाले यस्तो प्रवृत्तिलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले आफ्ना मागहरूका बारेमा संवादबाटै सहमति र निकास खोज्न आह्वान पनि गरे। मन्त्री पौडेलले पछिल्लो समयका नजिताहरु सन्तोषजनक नभएको भन्दै शिक्षण सिकाई प्रक्रियामा सुधार गर्नु महत्त्वपूर्ण चुनौती र आवश्यकता रहेको जिकिर गरे । उनले पूर्ण साक्षर क्षेत्र घोषणा गर्न बाँकी रहेको स्थानहरूमा विभिन्न प्रकारका सिकाइहरूलाई प्रभावकारी बनाउन सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।

युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन थालिएको हो । नेपाल सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ । साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । अझै १६ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  १ : ५७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी