नीरज सिंह भन्छन्- ‘नेपाली युवा व्यवसायीका लागि भारतीय बजार खुला छ’ « Khabarhub

नीरज सिंह भन्छन्- ‘नेपाली युवा व्यवसायीका लागि भारतीय बजार खुला छ’


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय युवा व्यवसायी नीरज सिंहले नेपाली युवाहरुले व्यवसाय थालेमा भारतीय बजार सधैँ खुला रहने बताएका छन् । बिहीबार खबरहबले आयोजना गरेको युवा व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहका छोरा युवा व्यवसायी सिंहले नेपाली युवाहरूका लागि भारतीय बजार खुला रहेको बताएका हुन् ।

उनले भारत आजको दिनमा बेलायतलाई पछाडि पार्दै अर्थतन्त्रमा धेरै अगाडि बढिसकेको भन्दै यसको सदुपयोग नेपाली युवा व्यवसायीले पनि गर्न सक्ने बताएका हुन् । साथै उनले युवाहरूलाई आफ्नो स्वतन्त्र रूपमा व्यवसायमा लाग्न अभिप्रेरित गरेका छन् ।

युवाहरूका लागि धेरै अवसर रहेको भन्दै उनले आफ्नो कम्पनी खोलेर युवाहरू नयाँ नयाँ सोचका साथ व्यवसायमा लाग्नुपर्ने बताए । यसका लागि नेपाल र भारत मिलेर केही नयाँ कुराको ‘एक्सप्लोर’ गर्न सक्ने पनि उनले बताए ।

कार्यक्रममा नेपाली युवा व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधि, जलवायु परिवर्तनका अभियन्ता लगायत व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ५ : ११ बजे

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र