नेप्सेमा झिनो अङ्कको गिरावट, काराेबार रकम भने बढ्याे « Khabarhub

नेप्सेमा झिनो अङ्कको गिरावट, काराेबार रकम भने बढ्याे


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव १३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलव ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ८४ मा सीमित भएको छ ।

कूल दुई सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार बैंकिङ चार दशमलव शून्य छ, व्यापार १७ दशमलव ५९, उत्पादन १३, अन्य १८ दशमलव ८५, लघुवित्त एक दशमलव ५५, जीवन बीमा २४ दशमलव ८२, नागरिक लगानी कोष शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै होटल तथा पर्यटन १० दशमलव ९७, विकास बैंक ३७ दशमलव १३, जलविद्युत् १३ दशमलव ७८, वित्त २२ दशमलव दुई र निर्जीवन बीमा एक दशमलव ७१ र लगानी शून्य दशमलव शून्य दुई अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक बराबर रहेको छ । नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार तीन सय ६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु चार करोड ४४ लाख ८१ हजार चार सय १९, नबिल बैंक रु तीन करोड ३५ लाख पाँच हजार छ सय ७८, प्राइम बैंक रु दुई करोड ९३ लाख १० हजार सात सय ५४ र एशियन लाइफ इन्स्योरेन्स रु दुई करोड ७८ लाख ८४ हजार नौ सय ९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त चार दशमलव ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी चार दशमलव शुन्य नौ, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलव ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलव ९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ७० प्रतिशतले कमाएका छन् ।

यस्तै,सामुदायिक लघुवित्त छ दशमलव ४९, अप्पर हेवाखोला पाँच दशमलव ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलव ६०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलव ७५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ३ : ५५ बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल