इन्धनको मूल्य नियन्त्रणका लागि योजना सार्वजनिक गर्ने नवनियुक्त बेलायती प्रधानमन्त्री ट्रसको तयारी « Khabarhub

इन्धनको मूल्य नियन्त्रणका लागि योजना सार्वजनिक गर्ने नवनियुक्त बेलायती प्रधानमन्त्री ट्रसको तयारी


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतकी नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने योजना सार्वजनिक गर्ने भएकी छिन् ।

ट्रस मंगलबार मात्रै बेलायती प्रधानमन्त्री बनेकी थिइन् । तर, कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उनले नागरिकको इन्धन खर्च नियन्त्रणको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

बेलायती सञ्चारमाध्यममा सार्वजनिक समाचारका अनुसार यो योजनामा बेलायतको कोभिड–१९ कालीन रोजगार सहयोग योजनालाई उछिनेर १०० अर्ब पाउन्ड (११६ अर्ब अमेरिकी डलर) भन्दा बढी खर्च लाग्न सक्ने बताइएको छ ।

“मलाई थाहा छ देशभरिका परिवार र व्यवसायहरू यस शरद ऋतु र जाडोमा कसरी गुजारा चलाउने भनी चिन्तित छन्,” उनले भनिन् ।

उनले भनिन्, “युक्रेनमा रूसी नेता भ्लादिमिर पुटिनले घोषणा गरेको युद्ध र युरोपमा ग्याँस आपूर्तिको हतियार विश्वव्यापी मूल्य वृद्धि गरिरहेको छ । यसले स्पष्ट पारेको छ कि हामीले हाम्रो दीर्घकालीन ऊर्जा सुरक्षा र आपूर्तिलाई बढावा दिनुपर्छ ।”

“हामी इन्धन विधेयककासाथ मानिसहरू र व्यवसायहरूलाई मद्दत गर्न तुरुन्तै कदम चाल्नेछौं तर यी समस्याहरूको मूल कारणलाई सम्बोधन गर्न निर्णायक कदम चाल्नेछौं, ताकि हामी फेरि यो स्थितिमा आउन नपरोस् ।”

बेलायती घरपरिवारले अक्टोबर महिनादेखि घरेलु विद्युत् र ग्यासको मूल्यमा ८० प्रतिशतले वृद्धिको सामना गरिरहेका छन्, जसका कारण लाखौं मानिसले यो जाडोमा आफ्नो घर तताउन नसक्ने डर सिर्जना गरेको छ ।

युरोपमा इन्धन मूल्यमा जनवरीदेखि अझै वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ३६ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा